Comments Add Comment

एपीएफले पुलिसलाई दियो १०६ रनको लक्ष्य

२९ फागुन, काठमाडौं । काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिताको फाइनलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई १०६ रनको लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २९.४ ओभरमा सबै विकेट गुमाएर  १०५ रन बनाएको हो ।

एपीएफका लागि वसन्त रेग्मीले सर्वाधिक २२ रन बनाए । यस्तै सन्दीप जोरा र अमर राउटेलाले १८-१८, भुवन कार्कीले १४ र अभिनाश बोहराले १२ बनाए । शंकर राना र सुमित महर्जन ४ रन बनाएर आउट भए । कमल सिंह ऐरी १ रन बनाएर आउट भए ।

कप्तान शरद भेषवाकर र आसिफ शेखले खाता खोल्न सकेनन् । सुरुको ३ ओभरमै ३ विकेट गुमाएको एपीएफले ४२ रन हुँदा चैथो विकेट गुमाएको थियो । एपीएफले त्यसपछि पनि निरन्तर विकेट गुमायो र अलआउट भयो ।

एपीएफलाई अलआउट गर्न पुलिसका गुल्सन झा र सागर ढकालले ४/४ विकेट लिए । यस्तै पवन सर्राफ र ललित राजवंशीले १-१ विकेट लिए । आजको खेल जित्दै प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले ३ लाख पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरले २५/२५ हजार पाउनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment