Comments Add Comment

मेयर्स कप क्रिकेट : दीपेन्द्र ‘प्लेयर अफ दी सिरिज’

२९ फागुन, काठमाडौं । नेपाल पुलिस क्लबका दीपेन्द्र सिंह ऐरी काठमाडाै‌ मेयर्स कप क्रिकेट प्रतियोगिताके सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

पुलिसलाई मेयर्स कपको उपाधि दिलाउन अलराउण्ड प्रदर्शन गरेका दीपेन्द्र प्लेअर्स अफ दि सिरिज घोषित भए । उनले नगद ५० हजार रुपैयाँ प्राप्त गरे । उनले १८६ रन बनाउनुका साथै ८ विकेट लिएका थिए ।

यस्तै त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारी बेस्ट ब्याट्सम्यान घोषित भए । उनले चार खेलमा १ शतकसहित १८४ रन बनाएका थिए ।

बागमती प्रदेशका युवा बलर अरियो पाैडेल बेस्ट बलर घोषित भए । उनले लिग चरणमा चार खेलबाट १३ विकेट लिएका थिए ।

विनोद र अरियोले समान २५ हजार प्राप्त गरे ।

शनिबार भएको मेयर्स कप क्रिकेटको फाइनलमा पुलिसले एपीएफलाई पराजित गर्दै उपाधिसहित ५ लाख जितेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment