Comments Add Comment

विद्यार्थीलाई भर्नाबाट नरोक्न उच्च अदालतको आदेश

१ चैत, विराटनगर । उच्च अदालत विराटनगरले विद्यार्थीलाई आवेदन फारम दिन महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

क्याम्पसले आवेदन फारम भर्न नदिएको भन्दै विद्यार्थीले रिट दायर गरेपछि आइतबार न्यायाधीश तेजनारायण सिंह र राजनप्रसाद भट्टराईको इजलासले विद्यार्थीको भर्ना नरोक्न अन्तरिम आदेश दिएको हो ।

सिम्याट विषयको प्रवेश परीक्षा उत्तीर्ण गरे पनि आवेदन फारम भर्न नदिएपछि रङ्गेली नगरपालिका–३ का कवीर पन्तले उच्च अदालतमा रिट दिएका थिए । अदालतले विद्यार्थीलाई न्याय दिलाइदिएको विद्यार्थी नेता योगराज दाहालले जानकारी दिए ।

काठमाडौं शङ्करदेव क्याम्पसबाट व्यवस्थापन सङ्कायको सिम्याटको प्रवेश परीक्षा उत्तीर्ण गरेका पन्त महेन्द्र मोरङ क्याम्पसमा बीबीएको आवेदन फारम भर्न आएका थिए । तर क्याम्पस प्रशासनले अन्य क्याम्पसबाट इन्ट्रान्स उतीर्ण गरेका विद्यार्थीले आवेदन फारम भर्न नपाउने भन्दै फर्काइदिएको थियो ।

क्याम्पसले फर्काएपछि उनी उच्च अदालत पुगेका थिए । अदालतले चैत ५ गतेसम्म पुगे विद्यार्थीलाई आवेदन फारम भर्नका लागि नरोक्न अन्तरिम आदेश जारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment