Comments Add Comment

अनुचित व्यापारिक क्रियाकलापविरुद्ध उजुरी दिन काठमाडौं महानगरको आग्रह

२ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका अनुचित व्यापारिक क्रियाकलापविरुद्ध उजुरी दिन उपभोक्तालाई आग्रह गरेको छ ।

सोमबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले बजारमा खाद्यपदार्थमा मिसावट तथा स्वास्थ्यमा हानि पुर्‍याउने वस्तुको बिक्री वितरणलाई नियन्त्रण गर्न अनुचित व्यापारिक क्रियाकलापविरुद्ध उजुरी गर्न आग्रह गरेकी हुन् ।

उनले महानगरपालिकाले सक्रिय रुपमा बजार अनुगमन गरिरहेको पनि बताइन् । ‘बजार अनुगमनको लागि आफ्नै ऐन जारी भएपछि अनधिकृत बजार नियमन गर्न महानगरले अझै सक्रिय रुपमा बजार अनुगमनको काम कारबाही अगाडि बढाइरहेको जानकारी गराउँदछु । यसरी नै महानगरले बजारलाई गुणस्तरीय, स्वच्छ र प्रतिस्पर्धात्मक बनाउने हेतुले मोबाइल ल्याब, भ्यान र एउटा स्थायी ल्याब सञ्चालनको अन्तिम तयारीमा रहेको कुरा यहाँहरु समक्ष राख्दछु,’ उनले भनिन्, ‘यसका लागि अनुचित व्यापारिक क्रियाकलापविरुद्ध उजुरी गरेर महानगरपालिकालाई सहयोग गर्न सबैमा आग्रह गर्न चाहन्छु ।’

उपमेयर खड्गीले आफ्नो व्यवसायले कानुनी प्रक्रिया पूरा गरे नगरेकोमा समेत सचेत हुन ध्यानाकर्षण गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment