Comments Add Comment

महिला क्रिकेट टिमलाई सम्मान

३ चैत, काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले महिला क्रिकेट टिम डीएससी काठमाडाै‌लाई सम्मान गरेको छ । द अरनिको ट्रफी २०२१ मा विजयी भएर फर्किएको डीएससी महिला टिमलाई नगद ३० हजार रुपैयाँसहित प्रशंसा पत्रद्वारा सम्मान गरिएको हो ।

नारायण गोपाल चोकस्थित हेडलाइन क्याफेमा आयोजित सम्मान कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री एवं काठमाण्डौ क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य गगन थापाले डिएससी महिला टोली तथा प्रशिक्षकलाई नगदसहित प्रशंसा पत्र प्रदान गरे ।

टोलीलाई सम्मान गर्दै पूर्वमन्त्री थापाले  खेलाडीलाई सम्मान गरेकोमा नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशलाई धन्यवाद  दिए । यस्ता कार्यक्रमले खेलाडीहरुको हौसला अभिवृद्धि गर्न मद्धत पुग्ने र प्रतियोगिताले खेलाडीहरुको स्तर वृद्धिमा सघाउ पुग्ने उनले बताए ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश संयोजक तथा केन्द्रीय सदस्य दीपक गुरुङले नेपाल लोकतान्त्रिक खेलकुद संघ खेलाडीहरुको अभिभावकको रुपमा रहेको भन्दै आगामी दिनमा खेलाडीहरुको हकहितका लागि सदा लागि पर्ने र खेलाडीहरुले आफूलाई कहिल्यै टुहुरो सम्झनु नपर्ने बताए ।

महिला क्रिकेट खेलाडीहरुको स्तरोन्नति र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले फागुन ६, ७ र ८ गते पोखरामा डीएससी र गण्डकी प्रदेशबीच ५० ओभरको तीन एक दिवसीय मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो । जसमा डीएससी तीनै प्रतिस्पर्धामा विजयी भएको टोली प्रशिक्षक रविन जोशीले जानकारी गराए ।

प्रतिस्पर्धामा जानेबेला खेलाडीहरुलाई बिदाइ गर्दै नेपाल लोकतान्त्रिक खेलकुद बागमती प्रदेशका संयोजक दीपक गुरुङले टोलीलाई विजयी भएर फर्केको अवस्थामा हौसला स्वरुप नगद ३० हजारले सम्मान गर्ने घोषणा गरेको थियो । त्यसैअनुरुप टोलीलाई सम्मान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment