Comments Add Comment

दुई दिनमै बिक्री भयो सनराइज ब्लूचिप फण्डको आधाभन्दा बढी इकाई

३ चैत, काठमाडौं । सनराइज क्यापिटलले बिक्रीमा ल्याएको सनराइज ब्लूचिप फण्डको दोस्रो दिनसम्म इकाई खरिदका लागि कुल इकाईको ५०.६ प्रतिशत इकाई बिक्री भएको छ ।

क्यापिटलका अनुसार सोमबार साँझसम्ममा २२ हजार जना आवेदकहरुबाट कुल इकाईको ५०.६ प्रतिशत इकाई बिक्री भइसकेको बिक्री प्रबन्धक सन्राइज क्यापिटलले जानकारी दिएको छ ।

क्यापिटलले चैत्र १ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो ।

फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्द्धक सनराइज बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो ।

उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरिदका लागि चैत ४ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको क्यापिटलले जनाएको छ ।

यस योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२.३८ प्रतिशत प्रक्षेपण समेत गरेकोले ढुक्क भएर लगानी गर्न समेत क्यापिटलले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment