Comments Add Comment

भारतमा नयाँ कोरोना संक्रमितको संख्या तीन महिनायताकै उच्च

४ चैत, काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या तीन महिनायताकै उच्च देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका २८ हजार ९०३ नयाँ संक्रमित फेला परेका हुन् ।

यो संख्या गत डिसेम्बर १३ यताकै सबैभन्दा उच्च हो । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १८८ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितको संख्या एक करोड १४ लाखभन्दा धेरै पुगिसकेको छ भने एक लाख ५९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

भारतमा कोरोनाबाट सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा मात्र ६२ प्रतिशत नयाँ संक्रमित फेला परेका छन् । मृत्यु हुनेको संख्यामा पनि करिब आधा सोही राज्यका छन् ।

भारतको संघीय सरकारले पछिल्लो समय मानिसहरुले कोरोना संक्रमण नियन्त्रणको लागि आवश्यक मापदण्ड पालना नगरेकाले संक्रमण फैलिइरहेको आरोप लगाउँदै आएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो समय भारतमा बढिरहेको कोरोना संक्रमणको विषयमा बुधबार मन्त्रीहरुसँग छलफल गर्ने कार्यक्रम छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment