Comments Add Comment

केसीको नियुक्तिले नेपालमा वैदेशिक लगानी प्रबर्द्धनमा सहयोग पुग्ने विश्वास  

४ चैत, काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघले युवा उद्यमी सुनिल केसी नेपाल उद्योग वाणिज्य महासंघको अन्तर्राष्ट्रिय लगानी प्रबर्द्धन सल्लाहकारमा नियुक्त भएकोमा बधाइ ज्ञापन दिएको छ ।

नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहेका केसीको नियुक्तिले नेपालमा अन्तर्राष्ट्रिय प्रबर्द्धनका लागि सहयोगी बन्ने विश्वास संघले लिएको छ ।

संघका निर्देशक केशवमान सिंहले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनको नियुक्तिले नेपालमा वैदेशिक लगानी प्रबर्द्धनका साथै समग्र राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण भूमिका पुग्ने विश्वास व्यक्त गरेका छन् ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment