Comments Add Comment

एन्फा प्रेसिडेन्ट लिग : धम्बोझी र त्रिवेणी विजयी

६ चैत, नेपालगन्ज । लुम्बिनी प्रदेशको धम्बोझी क्लब र गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिग-२०७७ मा बिहिबार जित हासिल गरेका छन् ।

बिहीबार भएको खेलमा धम्बोझी क्लबले प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहटलाई ३-० ले पराजित गरेको हो ।

धम्बोझीको जितमा निसान लिम्बुले ह्याट्रिक गरे । उनले खेलको नवौं, ३५ औं र ८८औं मिनेटमा गोल गरे ।

लिगमा धम्बोझीको यो लगातार दोस्रो जित हो । ७ टिम सम्मिलित लिगमा लगातार दुई खेल जित्दै धम्बोझीले ६ अंक जोडेको छ । सुदूरपश्चिम प्रदेशको स्टार सिटी युवा क्ललबे पनि लिगमा लगातार दुई खेल जित्दै ६ अंक जोडेको छ ।

बिहीबारै भएको अर्को खेलमा त्रिवेणीले बागमती प्रदेशको धादिङ समाजलाई ३-२ ले पराजित गरेको छ ।

त्रिवेणीको जितमा विश्वास श्रेष्ठले ४३औं, जय गुरुङले ७८औं र कमल श्रेष्ठले पेनाल्टी मार्फत ८८औं मिनेटमा गोल गरेका थिए । धादिङका लागि अमिर श्रेष्ठले पेनाल्टी मार्फत ३७ औं मिनेट र मिकचेन तामाङले ९५औं मिनेटमा गोल गरेका थिए ।

पहिलो खेलमा लेकाली युथ क्लबलाई पराजित गरेको धादिङको यो पहिलो हार हो । धादिङले २ खेलबाट ३ अंक जोडेको छ ।

प्रतियोगिता अन्तर्गत शुक्रबार सैनिक फुटबल क्लब झापा र लेकाली युवा क्लब जुम्लाबीच प्रतिस्पर्धा हुनेछ ।

चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन ।

अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिताको शीर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment