Comments Add Comment

‘कृष्ण लीला’ ट्रेलरः पुष्प र श्रद्धाको प्रेममा सस्पेन्स कथा

चलचित्र ‘कृष्ण लीला’को ट्रेलर सार्वजनिक गरिएको छ । चैत्रको २७ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाई दीपक ओलीले निर्देशन गरेका हुन् । चलचित्रमा प्रेम, विछोड, सस्पेन्सलाई प्रस्तुत गरिएको छ ।

चलचित्रको ट्रेलरमा यसका मुख्य नायक पुष्प खड्का, नायिका श्रद्धा क्षेत्रीको साथमा कलाकारहरु रविन्द्र झा, वुद्दि तामाङ, नविन रेग्मी, भावना गुरुङ लगायतलाई देख्न सकिन्छ । चलचित्रको ट्रेलरमा कृष्ण र लीलाको प्रेममा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ । अभिनयमा आफूलाई बलियो रुपमा प्रस्तुत गर्दै आएका नायक पुष्प खड्काले यो चलचित्रमा पनि फरक स्वादको अभिनय गरेका छन् । उनको अभिनयले दर्शकको मन जित्न सक्छ ।

नायिका श्रद्धा क्षेत्रीले पनि चलचित्रबाट संभावना देखाएकी छिन् । लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रमा प्रकाशराज कार्की र केबल तामाङको लगानी छ । चलचित्रमा पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह–निर्माताको रुप्मा छने । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा शिव ढकालको छायांकन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, श्रीको एक्सन छ ।

एक बर्षदेखि ठप्प रहेको चलचित्र क्षेत्रलाई यो चलचित्रले तताउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment