Comments Add Comment

एमाले संसदीय दल र केन्द्रीय कमिटीको बैठक बस्दै, नेपाल समूह नजाने

७ चैत, काठमाडौं । नेकपा एमालेको संसदीय दल र केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । संसदीय दलको बैठक विहान साढे १० बजे र केन्द्रीय कमिटीको बैठक मध्याह्न १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

संसदीय दलको विधान संशोधन गर्ने तयारी छ । प्रमुख सचेतक विशाल भट्टराईका अनुसार दलको विधान २०७२ कै छ, जसमा भएका कतिपय व्यवस्था नयाँ संविधानअनुसार मिलाउनुपर्नेछ ।

संसदीय दलको विधान संशोधन केन्द्रीय कमिटीबाट पनि अनुमोदन गर्नुपर्ने सचेतक भट्टराईले जानकारी दिए ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह भने सहभागी नहुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment