Comments Add Comment

प्रतिनिधिसभाले बिस्तारै लय समात्छ : सभामुख सापकोटा

७ चैत, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले बिस्तारै लय समात्ने बताएका छन् ।

शनिबार जीपी कोइराला मेमोरियल (सामुदायिक) कलेजको आठौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभा सञ्चालनमा केही समस्या भएका कारण त्यसलाई लयमा फर्काउन मेहनत गर्नुपर्ने बताए ।

संसद छलफल, बहस, वादविवाद र संवाद हुँदै अघि बढ्ने भन्दै उनले चुनौतीहरुको सामना गर्न प्रतिकूलतामा पनि अनुकूलता खोज्ने उपाय खोजिरहेको बताए । संसदका अनेकौं चुनौतीहरुको सामना गर्दै गुणस्तरीय कानुन निर्माणको लागि प्रयत्न गरिरहेको पनि सभामुख सापकोटाको भनाइ छ ।

‘अलिकति समस्याहरु छन् । त्यसलाई लयमा फर्काउनका लागि बढी नै मेहनत गर्नुपर्ने आवश्यकता छ’ उनले भने, ‘तर हिजोबाट तपाईंहरुलाई लाग्यो होला अब त्यसले लय समात्छ । त्यसले गति लिन्छ । त्यो जीवन्त र जनमुखी हुने नै छ । हामीले संसदलाई जीवन्त र जनमुखी बनाउने प्रण गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment