Comments Add Comment

उपकरण संघमा विश्व गौचनको नेतृत्व

नेपाल चलचित्र उपकरण संघले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार चलचित्र विकास बोर्डमा आयोजित संघको १३ औं साधारण सभामा नयाँ नेतृत्वले सपथ ग्रहण गरेको हो ।

संघको अध्यक्ष पदमा विश्व प्रकाश गौचन निर्वाचित भएका छन् । संघले असोज ५ गते नै सर्वसम्मत रुपमा नयाँ कार्यसमिती पाएको हो । तर, कोरोनाका कारण सपथ ग्रहण कार्यक्रम आयोजना हुन सकेको थिएन ।

संघको उपाध्यक्षमा रमेश वुढाथोकी, महासचिवमा केशव घिमिरे, कोषाध्यक्षमा जीवन थापा, सदस्यहरुमा माधव थापा, विश्व कल्पित, रुद्र गुरुङ, मनोज राजभण्डारी, राजन पुरी, शान्तिराम थापा, चेतनाथ तिमल्सिना चयन भएका छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment