Comments Add Comment

काठको मुढा लडेर किशोरीको मृत्यु

८ चैत, म्याग्दी । रघुगंगा गाउँपालिका-४ दर्मिजाकी १५ वर्षीया किशोरी दीक्षा गर्बुजाको काठको मुढाले लाग्दा मृत्यु भएको छ ।

आफ्नो घर नजिकै रहेको दर्मिजा खोलामा कपडा धोइरहेको बेला माथि जंगलमा काटेको काठको मुढा लडेर लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

सोही ठाउँ बस्ने ४५ वर्षीय नुरबहादुर पुनलाई प्रहरीले नियन्त्रणामा लिइ यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment