Comments Add Comment

बलात्कारपछि हत्या प्रयासको आरोपमा प्रहरी जवान पक्राउ

८ चैत, बुटवल । रुपन्देहीको तिलोत्तमामा एक किशोरीमाथि बलात्कारपछि हत्या प्रयास गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन् । तिलोत्तमा-११ की मद्रहानीकी १९ वर्षीया युवतीलाई बलात्कार पछि हत्या प्रयास गरेको आरोपमा नवलपरासीको जर्घास्थित युक्ति विद्यालय (तालिम केन्द्र) मा कार्यरत अन्दाजी २२ वर्षीय प्रहरी जवान पक्राउ परेका हुन् ।

पीडितको जाहेरीका आधारमा प्रहरी जवानमाथि मुद्दा दर्ता भइसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले जानकारी दिए । शनिबार बिहान करिब ५ बजे प्रहरी जवानले युवतीलाई बलात्कार गरी युवतीको घाँटीमा बेल्ट (पेटी)ले कसेर लतार्दै जँगलमा फ्याकेका थिए ।

युवतीको मृत्यु भएको ठानेर प्रहरी जवान खाल्डो खनेर पुर्नका लागि कोदालो लिन गएका बेला युवती होसमा आएर हिंडेपछि स्थानीयले देखेर उद्दार गरेका थिए । पीडित युवतीको उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment