Comments Add Comment

एनबीएललाई साउदर्न क्रस युनिभर्सिटीको साथ

काठमाडौं । नेपाल बास्केटबल लिगले अष्ट्रेलियाको साउदर्न क्रस युनिभर्सिटीलाई आफ्नो युनिभर्सिटी साझेदारीको रुपमा भित्र्याएको छ ।

तेश्रो संस्करणको नेपाल बास्केटबल लिग २०७८ साल जेठ महिनाको अन्तिम साताको लागि तय गरिएको छ । एकै समयमा दोश्रो संस्करणको महिला बास्केटबल लिग पनि सञ्चालन हुनेछ । नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले कोरोना भाइरसका कारण २०७७ सालमा एनबिएल गर्न सकेको थिएन ।

एनबीएलका प्रमुख कार्यकारी अधिकृत नमितबहादुर थापा र साउदर्न क्रस युनिभर्सिटीकी कन्ट्री म्यानेजर सुभी प्रधानले आइतबार एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता अुनसार करिब दुई महिना चल्ने एनबिएलमा साउदर्न क्रस युनिभर्सिटीसँगै कलेजको लक्ष्यहरुको पनि प्रबर्धन गरिने, सीईओ थापाले बताए । सम्झौता रकम भने खुलाइएको छैन । ‘यसपटक हाम्रो पहिलो साझेदारको रुपमा साउदर्न क्रसलाई भित्र्याउन पाँउदा हामी निकै खुसी छौं । नेपालमा प्रतिस्पर्धात्मक बास्केटबललाई टिकाइराखेको एनबिएलले अझै साझेदार पाउनेमा हामी बिश्वस्त छौं,’ थापाले भने ।

एनबीएलको साझेदार बन्दै साउदर्न क्रसले आफ्नो लक्ष्यको दायरालाई फराकिलो बनाउने प्रयास गरेको प्रधानले बताइन् । ‘हामी नेपाली युवाहरुको व्यक्तित्व विकास गर्नुका साथै उच्च आत्मविश्वास र आत्मसम्मानको अनुभव गराउन तत्पर छौ । यो बास्केटबल प्रतियोगिताल हाम्रो यो लक्ष्यमा हामीलाई साथ दिनेछ,’ प्रधानले भनिन् ।

एनबीएल नेपालको एकमात्र होम एण्ड अवे खेलकुद प्रतियोगिता हो । यसको पहिलो संस्करण गोल्डेन गेट इन्टरनेशनल क्लबले जितेको थियो भने दोश्रो संस्करणमा टाइम्स इन्टरनेशनल क्लबले बाजी मारेको थियो । यस्तै महिलाको पहिलो संस्करण नेपाल पुलिस क्लबले जितेको थियो । प्रतियोगितामा विदेशी खेलाडीहरुको पनि सहभागिता रहने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment