Comments Add Comment

एमबाप्पेको दुई गोल, पीएसजी शीर्ष स्थानमा उक्लियो

९ चैत, काठमाडौं । किलिएन एमबाप्पेले दुई गोल गरेपछि साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा लियोनलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लेको छ ।

आइतबार राति भएको खेलमा पीएसजीले लियोनलाई ४-२ गोल अन्तरले पराजित गरेको हो । खेलमा दुई गोल गर्दै एमबाप्पे लिग वानमा १०० गोल गर्ने कम उमेरका खेलाडी बनेका छन् ।  एमबाप्पेले २२ वर्षको उमेरमै लिग वान १०० गोल पूरा गरेका हुन् ।

लियोनको मैदानमा १५ औं मिनेटमा एमबाप्पेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा डानिलो पेरिएराले गोल गर्दै पीएसजीलाई २-० को स्थितिमा पुर्‍याए ।

४७ औं मिनेटमा एन्जल डी मारियाले गोल गरेपछि पीएसजीले ३-० को अग्रता बनायो । ५२ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजी ४-० ले अघि रह्यो ।

लियोनका लागि ६२ औं मिनेटमा इस्लाम स्लिमानी र ८१ औं मिनेटमा म्याक्स्वेल कोर्नेटले गोल गरेपनि टिमको हार टार्न पर्याप्त भएन ।

जितपछि ३० खेलाट ६३ अंक जोड्दै पीएसजी शीर्ष स्थानमा उक्लेको छ । लियोन ६० अंकसहित तेस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment