Comments Add Comment

नेप्से परिसूचक २४ अंकले घट्यो, होटल र जलविद्युतमा भने वृद्धि

९ चैत, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार ओरालो लागेको छ । आइतबार ६३ अंकले बढेको सेयर बजार सोमबार भने २४ अंकले घटेको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक २४३ दशमलव ०८ अंकले घटेर १ हजार ५ सय १४ दशमलव ३९ अंकमा झरेको छ । आइतबार पौने ६ अर्ब रकम बराबरको कारोबार भएपनि सोमबार कारोबार रकम पनि ५ अर्ब ३५ करोडमा रोकियो ।

नेप्सेमा कारोबार हुने होटल तथा पर्यटन र हाइड्रोपावर बाहेकका सबै समूह घटेका छन् । यी दुई समूहहरु होटल ३.४७ प्रतिशत र हाइड्रोपावर ४.७९ प्रतिशतले बढेको छ । हाइड्रोपावरमा सबैभन्दा धेरै माथिल्ले तामाकोशीका लगानीकर्ताहरुले कमाएका छन् भने होटल तथा पर्यटनमा चन्द्रागिरि हिल्स लिमिटेडका लगानीकर्ताहरुले कमाएका छन् ।

केही दिन यता लगातार सकारात्मक सर्किट लेभलमा कारोबार हुँदै आएको चन्द्रागिरि सोमबार पनि ९.९९ प्रतिशत अर्थात १४३ रुपैयाँले बढेर १ हजार ५ सय ६३ रुपैयाँमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment