Comments Add Comment

निर्वाचनकै दिन कंगो-ब्राजभिलमा विपक्षी दलका उम्मेदवारको मृत्यु

९ चैत, काठमाडौं । कंगो-ब्राजभिलको प्रमुख विपक्षी दलबाट राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिएका गाय ब्रिस पारफाइट कोलेलासको आइतबार निधन भएको छ । कंगो–ब्राजभिलमा आइतबार राष्ट्रपतीय निर्वाचन सकिएको केही समयपछि उनको निधन भएको हो ।

कोलोलासका निर्वाचन प्रचार निर्देशकले दिएको जानकारीअनुसार उनलाई उपचारको लागि फ्रान्स लगिँदै गर्दा विमानमा मृत्यु भएको हो ।

मृत्यु हुनुभन्दा केही घण्टाअघि सामाजिक सञ्जालमा शेयर गरिएको भिडियोमा कोलोलासले मुखमा लगाइएको अक्सिजन मास्क हटाउँदै आफ्ना समर्थकलाई मृत्युसँग लडिरहेको बताएका थिए । उनले समर्थकहरुलाई आइतबारको निर्वाचनमा मतदानको लागि आग्रह गरेका थिए ।

कंगो–ब्राजभिलको कानुनअनुसार कुनै एक उम्मेदवारको निधन भए पनि निर्वाचन भने रद्द हुँदैन । कंगोमा आइतबार भएको निर्वाचनमा वर्तमान राष्ट्रपतिविरुद्ध कोलेलाससहित अन्य ६ जनाले उम्मेदवारी दिएका थिए ।
एजेन्सीहरुको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment