Comments Add Comment

कांग्रेसमा ९ जिल्लाले अझै पठाएन क्रियाशील सदस्यताको विवरण

८ चैत, काठमाडौं । नेपाली कांग्रेसमा हालसम्म झण्डै चार लाख क्रियाशील सदस्यता वितरण र नवीकरण भएको छ ।

क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले सोमबार पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीहरुलाई यसबारे ब्रिफिङ गरेका हुन् । लेखकका अनुसार हालसम्म २ लाख १२ हजार ५१९ जनाको क्रियाशील सदस्यता नवीकरण भएको छ भने १ लाख ८० हजार २७५ नयाँ वितरण भएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रले नयाँ वितरण तथा जिल्ला कार्यसमितिले सदस्यता नवीकरणको तथ्यांक केन्द्रमा पठाउने जिम्मेवारी पाएको छ । तर हालसम्म २०७ ठाउँबाट तथ्यांक इन्ट्री भएको र ६९ ठाउँबाट सुरु नै नभएको लेखकले बताए ।

उनका अनुसार बारा, सिराहा, सप्तरी, धनुषा, बाँके, बर्दिया, रुकुम पूर्व, डोल्पा र रसुवाबाट क्रियाशील सदस्यता वितरण तथा नवीकरणको तथ्यांक केन्द्रमा आएको छैन । जबकी महाधिवेशन कार्यतालिकाअनुसार एक निर्वाचन क्षेत्र भएका जिल्लाहरुले क्रियाशील सदस्यता वितरण तथा नविकरणको सबै तथ्यांक चैत १० भित्र सबै केन्द्रमा पठाइसक्नुपर्ने थियो ।

समयमै यो काम नगर्ने जिल्लालाई महाधिवेशनमा भाग लिनबाट रोक्ने केन्द्रीय कार्यसमितिको यसअघिको निर्णय छ । लेखकका अनुसार अहिले यो निर्णय लिइहाल्ने अवस्था छैन । ‘समस्याहरुबारे बताएको छु, उहाँहरुले छलफल गरेपछि एउटा टुंगोमा पुग्छौं’ संयोजक लेखकले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment