Comments Add Comment

कांग्रेसले नेतृत्व लिन परिस्थिति परिपक्व भएको छैन : रमेश लेखक

९ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकारको नेतृत्व लिन पार्टी तयार रहेको बताएका छन् । तर त्यसका लागि परिपक्व अवस्था भइनसकेको उनले बताए ।

पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘आवश्यक पर्‍यो भने कांग्रेसले वैकल्पिक सरकार दिन्छ भनेकै छ । तर अझै परिस्थिति सुनिश्चित र परिपक्व भएको छैन ।’

सरकारलाई नेतृत्व दिन तयार नै रहेको भन्दै उनले परिस्थिति परिपक्व र सुनिश्चित हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment