Comments Add Comment

मानव अधिकारको मुद्दामा पश्चिमा मुलुकले लगाए चिनियाँ अधिकारीमाथि प्रतिबन्ध

१० चैत, काठमाडौं । केही पश्चिमा मुलुकहरुले चिनियाँ अधिकारीमाथि अल्पसंख्या वीगर मुस्लिमको मानव अधिकारको मुद्दामा प्रतिबन्ध लगाएका छन् । उनीहरुले वीगर मुस्लिम समुदायका मानिसहरुलाई यातना दिने गरेको, श्रम शोषण गरेको र यौन दुर्व्यवहारसमेतका घटना हुने गरेको भन्दै चिनियाँ अधिकारीमाथि प्रतिबन्धको निर्णय गरेका हुन् ।

युरोपेली संघ (ईयू), बेलायत, अमेरिका र क्यानडाको संयुक्त सहकार्यमा चिनियाँ अधिकारीहरुमाथि प्रतिबन्ध लगाइएको हो । चीनले भने यसको जवाफमा युरोपेली अधिकारीहरुमाथि प्रतिबन्ध लगाउँदै आफूमाथि लागेको आरोप अस्वीकार गरेको छ । चीनमाथि वीगर समुदायका मानिसलाई हिरासतमा लिई एक क्याक्पमा राखिएको र त्यहाँ उनीहरुलाई यातना दिइने गरेको आरोप छ । चीनले भने उनीहरुलाई शिक्षित बनाउन र आतंकवादविरुद्ध लड्नको लागि उक्त क्याम्पको प्रयोग गर्दै आएको बताएको छ ।

अहिले लगाइएको प्रतिबन्धसँगै सिन्चियाङ प्रान्तका केही अधिकारीको सम्बन्धित मुलुकमा रहेको सम्पत्ति जफत गर्ने र उनीहरुलाई भ्रमणमा रोक लगाइनेछ । बेलायती विदेशमन्त्री डोमिनिक राबले चीनमा वीगर मुस्लिम समुदायका मानिसमाथि भइरहेको मानव अधिकार हनन आफ्नो समयमा मानव अधिकार संकटको सबैभन्दा खराब दृश्य रहेको बताएका छन् । क्यानडाले पनि चीनमा समग्र प्रणाली नै मानव अधिकारको हननका लागि प्रयोग हुने गरेको बताएको छ ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment