Comments Add Comment

अमेरिकाको कोलोराडोमा अन्धाधुन्ध गोली चल्दा १० को मृत्यु

१० चैत, काठमाडौं । अमेरिकाको कोलोराडो राज्यमा अन्धाधुन्ध गोली चल्दा प्रहरी अधिकारीसहित १० जनाको मृत्यु भएको छ । कोलोराडोको बोल्डर सहरको एक किराना बजारमा सोमबार उक्त आक्रमण भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रहरीले यो आक्रमणमा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीले अहिलेसम्म यो आक्रमणको कारण भने खुलाएको छैन ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार प्रहरीले एक घाइते व्यक्तिलाई पक्राउ गरेको छ । गोली चलेको घटनाको प्रत्यक्षदर्शीले युट्युबमा लाइभ स्ट्रिमिङ गरेका थिए ।

बीबीसीका अनुसार स्थानीय समयअनुसार सोमबार दिउँसो साढे दुई बजे आरोपी प्रवेश गरेसँगै उनले गोली प्रहार गर्न सुरु गरेका थिए । त्यसको २० मिनेटपछि प्रहरीले उक्त स्थानबाट बाहिर निस्किन मानिसहरुलाई आग्रह गर्दै ट्वीट गरेको थियो । प्रहरीले उक्त स्थानमा देखिएका घटनालाई सामाजिक सञ्जालमा नराख्न पनि आग्रह गरेको थियो ।

प्रहरीले घटनाका शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको र अहिले उनको उपचार भइरहेको बताएको छ । सोमबारको घटनामा मारिनेमा ५१ वर्षीय प्रहरी अधिकारी पनि छन् । प्रहरीले यो घटनाको अनुसन्धानको लागि कम्तीमा पाँच दिन लाग्ने बताएको छ ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment