Comments Add Comment

नेवारहरुको विश्व सम्मेलन काठमाडौंमा हुने

फाइल तस्वीर

१० चैत, काठमाडौं । काठमाडौंमा नेवारहरुको विश्व सम्मेलन हुने भएको छ । चौथो विश्व नेवार दिवस चिल्लाथ्व चतुर्दशी (चैत १४ गते)को दिन काठमाडौंको वसन्तपुरमा नेवारहरुको विश्व सम्मेलन गरिने भएको हो ।

चौथो विश्व नेवार दिवस आयोजक समितिले मंगलबार पत्रकार सम्मेलन गरी कोभिड-१९ महामारीका कारण गत वर्ष हुन नसकेको विश्व सम्मेलन यस वर्ष आयोजना गरिएको जानकारी गराएको छ ।

सम्मेलनमा विश्वभर छरिएर रहेका नेवारहरुको सहभागिता रहनेछ । सम्मेलनमा नेवार समाज र नेपाल भाषाको विकासका लागि विशेष योगदान दिने आठजना विशिष्ट व्यक्तिलाई सम्मान गरिने पनि आयोजकले जानकारी दिएको छ ।

यसैगरी सम्मेलनमा नेपाल भाषा साहित्य क्षेत्रमा विशेष योगदान दिने नेवार पुर्खाहरुको तस्वीर प्रदर्शनी, नेवार खानाका स्टल, चर्चित कलाकार र संघसंस्थाबाट सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment