Comments Add Comment

वीरगञ्ज आईसीपी हुँदै निस्केको ट्रकबाट १ करोडको कपडा बरामद

फाइल तस्वीर

११ चैत, वीरगञ्ज । धान बोक्ने ट्रकमा लुकाइ भन्सार छलेर ल्याइरहेको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतबाट वीरगञ्ज आईसीपीको बाटो हुँदै काठमाडौं जान लागेको बीआर ०६ जीबी ४१५६ नम्बरको भारतीय ट्रक सशस्त्र प्रहरीले बरामद गरेको हो ।

आईसीपीमा भन्सार जाँचपासपछि बाहिरिएको धानको ट्रक चेकजाँच गर्दा धानको बोरामुनि कपडा लुकाएर ल्याएको पाइएपछि मंगलबार ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

भारतीय ट्रकमा माथि दुई लेयर धानको बोरा राखेर तल सटिङ सुटिङ, कुर्ता सलवार, सारी लगायतका कपडा फेला परेको थियो । कपडासहितको ट्रकलाई आवश्यक कारबाहीका लागि बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको छ ।

बरामद गरिएको कपडाको मूल्य १ करोड ५ लाख रुपैयाँ मूल्यांकन गरिएको राजश्व अनुसन्धान कार्यालय बाराका प्रमुख टंक पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment