Comments Add Comment

नेप्से परिसूचकसँगै सेयर कारोबार रकम पनि बढ्यो

प्रतीकात्मक तस्वीर

११ चैत, काठमाडौं । बुधबार सेयर बजार बढेर हरियाली देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ४१ दमलव ३० अंकले बढेर २ हजार ५ सय ७० दशमलव २५ अंकमा पुगेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । मंगलबार ६ अर्ब पनि पुग्न नसकेको सेयर कारोबार रकम बुधबार ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९ सय ४१ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने हाइड्रोपावर बाहेकका सबै समूह बढेका छन् । हाइड्रो भने १४ दशमलव ९५ अंकले घटेको छ ।

हेर्नुहोस् धेरै कमाउने र धेरै गुमाउने कम्पनीहरु :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment