Comments Add Comment

लागु औषधसहित रूकुम पश्चिमका दुईजना पक्राउ

११ चैत, सुर्खेत । लागु औषधसहित रूकुम पश्चिममा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौरजहारी नगरपालिका-३ का २१ वर्षीय एङ्गेश बस्नेत र २२ वर्षीय सञ्चित राना रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटले विशेष सूचनाका आधारमा मंगलबार राति पक्राउ गरेको हो । लु ६२ प ०६८५ नम्बरको मोटरसाइकलमा नेपालगञ्जदेखि जाजरकोट आउँदै गरेका उनीहरूलाई जाजरकोटको भेरी नगरपालिका-११ मटेला बजारबाट पक्राउ गरिएको जाजरकोट प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले बोकेका झोलाहरूबाट ‘निट्राजेपामा’ र ‘ट्रमाडोल हाइड्रोक्लोराइड’ नाम लेखिएका ९७९ वटा लागुऔषध ट्याब्लेट बरामद गरिएको छ।

अदालतको आदेश अनुसार म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment