Comments Add Comment

‘डाँडाको वरपीपल’मा शिव, गौरी र सलोन

चलचित्र ‘डाँडाको वरपीपल’को शुभसाइत गरिएको छ । यो चलचित्रलाई शोभित बस्नेतले निर्देशन गर्ने भएका छन् । चलचित्रको बिहिबार काठमाण्डौको एक मन्दिरमा शुभसाइत गरिएको हो ।

चलचित्रमा नायक शिव श्रेष्ठ, नायिका गौरी मल्लको साथमा कलाकारहरु सलोन बस्नेत, राजीवजंग बस्नेत, यशराज गराचको मुख्य भूमिका रहनेछ । पारिवारिक कथामा यो चलचित्र बन्ने निर्देशक बस्नेतले जानकारी दिए । नायक शिव श्रेष्ठ र नायिका गौरी मल्लले चलचित्र ‘धर्मसंकट’मा २० बर्ष अगाडि काम गरेपछि एकसाथ काम गरेका थिएनन् ।

यो चलचित्रका लागि तीन नायिका र एक नायक केही दिनमा नै फाइनल हुनेछन् । चलचित्रलाई बुढासुब्बा ओरजिनलको प्रस्तुतिमा निर्माण गर्न लागिएको हो । चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन, गोविन्द राइको नृत्य, नवराज गिरीको गीत रहनेछ ।

यो चलचित्रलाई ७५ दिन लगाएर खिचिने निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रलाई काठमाडौं, कालाबाङ, शे–फोक्सुण्डो ताल र पूर्वी नेपालका विभिन्न स्थानमा खिचिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment