Comments Add Comment

सेफ्टीले बजारमा ल्यायो ट्याम्पन्स र महिनावारी कप

१२ चैत, काठमाडौं । ज्यास्मिन हाइजिन प्रोडक्ट्सद्वारा उत्पादित र नेपालमा बनेको पहिलो स्यानिटरी प्याड ब्राण्ड सेफ्टीले महिनावारी कप र ट्याम्पन्स बजारमा ल्याएको छ । सुलभ मूल्यमा बजारमा ल्याइएको उक्त उत्पादन गुणस्तरीय रहेको कम्पनीले दावी गरेको छ ।

सेफ्टीका अनुसार ‘रेगुलर’ देखि अत्यन्त पातलो ‘अल्ट्रा’ प्याडहरु उपलब्ध रहेको छ । सेफ्टीको विभिन्न उत्पादनमा अब महिनावारी कप र ट्याम्पन्स पनि थपिएको र यसले महिलाहरुलाई महिनावारीको समयमा धेरै विकल्पहरु र धेरै आराम दिने विश्वास कम्पनीको छ । सेफ्टी ट्याम्पन्समा माहनावारीको समय धेरै समयसम्म शोष्ने क्षमता रहेको कम्पनीको दावी छ ।

यसैगरी सेफ्टी महिनावारी कप पुनः प्रयोग गर्न मिल्ने गरी बनाइएको र यो मेडिकल दर्जाको सिलिकनबाट बनेको छ । महिनावारी कप प्रत्येक ४ देखि ८ घण्टाको बीचमा खाली गरी धोई फेरि लगाउन सकिन्छ । दुवै ट्याम्पन्स र महिनावारी कप यात्रा गर्दा, व्यायाम गर्दा वा पौडी खेल्दाको समयमा पनि प्रयोग गर्न सकिन्छ ।

उपभोक्ताका लागि आरामदायी र व्यवस्थित महिनावारीको सुनिश्चितता प्रदान गर्ने उदेश्यका साथ बजारमा ल्याइएको नयाँ शृँखलाको सेफ्टी ट्याम्पन्स र महिनावारी कप सुरक्षित, सजिलो, वातावरण मैत्री, रसायन मुक्त र बजेट मैत्री रहेको कम्पनीले दाबी गरेको छ ।

नयाँ उत्पादन गरिएका ट्याम्पन्स र महिनावारी कपको बिक्री शुभारम्भ गर्दै ज्यास्मिन हाइजिनका जनरल मेनेजर स्वर्णिमा राजभण्डारीले भने, ‘सेफ्टी जहिले पनि महिलाहरुलाई धेरै छनौटहरु र धेरै स्वतन्त्रता प्रदान गर्ने लक्ष्यमा अग्रसर छ । यो हाम्रो त्यही उद्देश्य प्राप्तीको एक अर्को कदम हो । हामीलाई आशा छ, हाम्रो देशका महिलाहरुको लागि हाम्रो नयाँ उत्पादनहरु अत्यन्त लाभदायी हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment