Comments Add Comment

नबिल बैंकको ‘हिरोज अफ नेपाल’बाट शेफ सन्तोष साह सम्मानित

१२ चैत, काठमाडौं । नबिल बैंकको ‘हिरोज अफ नेपाल’बाट शेफ सन्तोष साह सम्मानित भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएर नेपालको शिर उच्च राख्न सफल नेपालीहरुलाई सम्मान गर्ने मञ्चको रुपमा नबिल बैंकले सुरु गरेको ‘हिरोज अफ नेपाल’बाट साह सम्मानित भएका हुन् ।

नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएर लाखौंको माया पाउन सफल साहलाई हिरोज अफ नेपालको दोस्रो संस्करणबाट सम्मान गरिएको हो ।

शेफ सन्तोष साहले यूकेको मास्टर शेफ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली परिकारहरुलाई विश्व सामु चिनाएका थिए । साथै उनले नेपालीको शिष्टाचार र मैत्रीपूर्ण भावलाई पनि प्रदर्शित गरेर हरेक नेपालीलाई गौरवान्वित बनाएका थिए ।

शेफ सन्तोष साह, अनिल केशरी साह र अनुष्का श्रेष्ठबीच भएको प्यानल छलफलको क्रममा शेफ सन्तोष साहले आफ्नो प्रेरणादायी उपलब्धिहरूका बारेमा धारणा राख्नुका साथै आफ्नो जीवनका यात्राका चुनौतीहरू बारे बताएका थिए ।

शेफ सन्तोष साहको गृहनगरमा ई–पुस्तकालय निर्माण गर्न र ५ जना छात्रालाई छात्रवृत्ति प्रदान गर्ने प्रतिबद्धता समेत बैंकले जनाएको छ।

कार्यक्रममा बैंकको उच्च व्यवस्थापन तहका अधिकारीहरूको समेत उपस्थिति रहेको बैंकले जनाएको छ । बैंकले आगामी दिनमा पनि यस श्रृंखलालाई निरन्तरता दिने योजना बनाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment