Comments Add Comment

नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित ट्राई नेशन्स सिरिज अप्रिलमा हुने

१३ चैत काठमाडौं । आगामी अप्रिलमा नेपाल नेदरल्याण्ड्स र मलेसिया सम्मिलित ट्राई नेशन्स क्रिकेट सिरिज हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले अप्रिल १७ देखि २४ ९ २०७८ बैशाख ४ देखि ११ गते० सम्म ट्राई नेशन्स सिरिज आयोजना गर्ने घोषणा गरेको छ ।

बजाज पल्सर ट्राई नेशन्स सिरिजमा नेपालसंगै नेदरल्याण्ड्स र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् । सिरिजमा डबल राउण्ड रोविन लिगका बधारमा खेलाइने क्यानले जनाएको छ । डबल राउण्ड रोविन लिगपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।

समूपर्ण खेलहरु कीर्तिपुरस्थित टीयू मैदानमा खेलाइनेछ । सिरिज खेल्ने खेलाडी र म्याच अफिसिलय्सहरु बाओ सेकर बबलमा राखिने र खेलाडी अफिसियल्स सबैको पिसिआर टेष्ट गरिने क्यानले जनाएको छ ।

कोरोनाको संक्रमणक दर घट्दै घरेलु प्रतियोगिताहरु सुरु हुन थालेकोले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट गर्न यो सही समय रहेको क्यानले जनाएको छ । क्यानका अध्यक्ष चतुर बहादुर चन्दले नेपालमा अन्तर्राष्ट्रिय सिरिज आयोजनाको घोषणाले खुशी भएको बताउँदै नेदरल्याण्ड्स र मलेसियालाई धन्यवाद दिए ।

नेदरल्याण्ड्सका प्रशिक्षक राएन क्याम्पबेलले नेदरल्याण्ड्सले २०१९ नोभेम्बरदेखि क्रिकेट नखेलेको भन्दै ट्राई नेशन्स सिरिजको घोषणाले खुशी भएको बताए । यस्तै मलेसिया क्रिकेट एसोसिएसनका अध्यक्ष माहिन्दा भालिपुरनले यो सिरिज घोषणाबाट खुशी लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment