Comments Add Comment

पहिलो टी-२० क्रिकेटमा न्युजिल्याण्ड विजयी

१५ चैत, काठमाडौं । बंगलादेश विरुद्धको पहिलो टी–२० क्रिकेटमा घरेलु टिम न्युजिल्याण्ड विजयी भएको छ । ह्यामिल्टनमा आइतबार भएको खेलमा बंगलादेशलाई ६६ रनले पराजित गर्दै तीन खेलको सिरिजमा न्युजिल्याण्डले १–० को अग्रता बनाएको छ ।

न्युजिल्याण्डले दिएको २११ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो । बंगलादेशका लागि अफिफ हुसेनले सर्वाधिक ४५ रन बनाए । यस्तै मोहमद साइफुदीनले अविजित ३४ रन जोडे भने मोहमद नाइमले २७ रन बनाए ।

न्युजिल्याण्डका इश सोधीले ४ विकेट लिए । लक्की फर्गुसनले २ विकेट लिए ।

त्यसअघि न्युजिल्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २१० रन बनाएको थियो । न्युजिल्याण्डका लागि डेभोन कोनवेले अविजित रहँदै सर्वाधिक ९२ रन बनाए ।
विल योङले ५३, मार्टिन गुप्टिलले ३५ तथा ग्लेन फिलिप्सले अविजित २४ रन बनाए । बंगलादेशका नासुम अहमेदले २ र मेहदी हसनले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment