Comments Add Comment

कोरोनाबारे गलत सूचना फैलाएको भन्दै फेसबुकले बन्द गर्‍यो मादुरोको पेज

१५ चैत, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले भेनेजुयलाका राष्ट्रपति निकोलास मादुरोको पेज बन्द गरेको छ । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध भ्रम फैलाएको भन्दै फेसबुकले मादुरोको पेज बन्द गरिदिएको हो ।

मादुरोले कुनै पनि वैज्ञानिक आधार नभएको विधिबाट कोरोना भाइरस निको हुने दाबी गरेका थिए । फेसबुकले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले तोकेको मापदण्डअनुसार आफूहरु चलिरहेको बताएको छ ।

यसअघि पनि फेसबुकले कोरोनाबाट गलत सूचनाहरु फैलाउने पेज तथा एकाउन्टलाई बन्द गर्दै आएको छ । फेसबुकले मादुरोको पेजबाट पनि बारम्बार आफ्नो नियम उल्लंघन हुँदै आएको दाबी गरेको छ ।

कोरोनाबारे फैलिने गलत सूचनाले मानिसहरुको जोखिम थप बढ्ने फेसबुकले बताएको छ । यस विषयमा भेनेजुयलाको सूचना मन्त्रालयले भने कुनै प्रतिक्रिया दिएको छैन। भेनेजुयलामा अहिलेसम्म एक लाख ५४ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने १५ सयभन्दा धेरैको संक्रमणका कारण मृत्यु भइसकेको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment