Comments Add Comment

पानको एटीएम !

स्वचालित मेसिन अर्थात् एटीएम भन्ने बित्तिकै बैंकले राखेका पैसा निकाल्ने मेसिन बुझिन्छ । पैसा निकाल्ने मात्र नभई विभिन्न खुद्रा सामानहरु किन्नका लागि समेत विभिन्न ठाउँमा एटीएमहरु राख्ने गरिन्छ । जहाँ एटीएम मेसिन भित्र राखिएका सामानहरु किन्नका लागि ग्राहकले सामानको तोकिएको मूल्यको सिक्का वा नोट मेसिनमा हालिदिएपछि उक्त सामान आफैं फुत्त बाहिर झर्दछ ।

यी आम खुद्रा सामानको एटीएमलाई पछाडि पार्दै भारतमा पानको एटीएम समेत खुलेको छ । जहाँ पानका शौखिनहरुले २४ सैँ घण्टा पानको स्वाद लिन पाउनेछन् । भारतको पूणे सहरमा पानको एटिएम राखिएको हो ।

स्थानीय एक पसलले उक्त पान एटीएम स्थापना गरेको हो । पसल मालिक शरद मोरेका अनुसार यो भारतकै पहिलो अटोमेटिक पान डिस्पेन्सर हो ।

उक्त मेसिनभित्र विभिन्न थरीका पान राखिएका छन् । आफुलाई मनपर्ने पान किन्नका लागि सुरुमा मेसिनमा रहेको बारकोड आफ्नो मोबाइलमा स्क्यान गर्नुपर्ने हुन्छ । त्यसो गर्दा मेसिनभित्र उपलब्ध पानको सूचि देख्न सकिन्छ । उक्त सूचिसँगै मूल्य पनि त्यहीँ राखिएको हुन्छ । आफूलाई मनपर्ने पानको प्रकारका लागि तोकिएको मूल्य अनलाइनबाटै तिर्नुपर्दछ । रकम तिरिसकेपछि एउटा सानो बक्समा सफा चिटिक्क तरिकाले प्याक गरिएको पान फुत्त बाहिर आउँदछ ।

एटीएममा ५ भारु देखि १ हजार भारु सम्मका पान उपलब्ध गराइएको छ ।

यो अटोमेटिक पान मेसिन गत हप्ता मात्रै स्थापना गरिएको हो । यसमा चकलेट, आँप, आइसक्रिम, ड्राइ फ्रुट, मसला आदि अनेक फ्लेभरका पान उपलब्ध छन् ।

हाल कोरोना लकडाउनका कारण पूणेमा रात्रीकालीन कफ्र्यूका कारण केवल दिउँसोको समयमा मात्र उक्त एटिएम चालु गरिएको छ । तर अवस्था सामान्य भएसँगै त्यो चौबिसै घण्टा सञ्चालनमा आउने बताइएको छ ।

पसल मालेर मोरेले उक्त पान एटिएमको पेटेन्ट राइट समेत आफ्नो नाममा दर्ता गराइसकेका छन् । अब सोही खाले पान एटीएमहरु सपिङ्ग मल तथा ठूला रेष्टुरेन्टहरुमा समेत स्थापना गर्ने उनको लक्ष्य छ ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment