Comments Add Comment

कस्तो छ महेश्वर शर्माको जादु ?

महेश्वर शर्मा खासमा कवि तथा गीतकार हुन् । रुपन्देहीको देवदहका शर्मा अहिले अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्छन् । त्यही बसेर उनी नेपाली कला–साहित्यमा पनि अविछिन्न लागिरहेका छन् । ‘मुटुभरी देश वोकी’ शीर्षकको गीत सार्वजनिक गरिसकेका शर्माले ‘प्रवासका जूनहरु’ कविता संग्रह पनि बजारमा ल्याइससकेका छन् । पछिल्लो समय भने उनी गीति कोसेली लिएर आएका छन्, जादु ।

यसमा राजेश पायल राई र मेलिना राईको स्वर छ । आनन्द राईको संगीत छ । महाराज थापाले संगीत संयोजन गरेका छन् ।

उक्त गीतको म्युजिक भिडियो पनि निर्माण गरिएको छ । म्युजिक भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका छन् । यसमा अभिनेता पुष्पा खड्का र एलिसा राईलाई फिचरिङ गराइएको छ । विकास दाहालले सम्पादन गरेका छन् । निसाल पौडेल तथा दिपेन्द्र भट्टले छायांकन गरेका हुन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय सदस्य समेत रहेका शर्मा डायस्पोरिक साहित्यमा चिनिएको नाम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment