Comments Add Comment

प्रधानमन्त्रीविरुद्धको अवहेलना मुद्दा ‘हेर्न नभ्याइने’मा

२० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अवहेलना मुद्दामा शुक्रबार सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयालको संयुक्त इजलासमा रहेको उक्त मुद्दा ‘हेर्न नभ्याइने’ मा राखिएको छ ।

संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस भइरहँदा संवैधानिक इजलास र कानुन व्यवसायीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलनाका २ मुद्दा परेका थिए । प्रधानमन्त्रीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

यसअघि उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रधानमन्त्रीलाई आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । उक्त आदेश अनुसार प्रधानमन्त्री ओलीले लिखित जवाफ पनि पेश गरिसकेका छन् ।

प्रधानमन्त्री ओलीले आफूले अदालतको अवहेलना गर्ने मनसाय नराखेको प्रष्टीकरण दिँदै प्रधानमन्त्रीविरुद्ध मुद्दा हाल्ने कामलाई निरुत्साहित गर्नुपर्ने भनी लिखित जवाफ पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment