Comments Add Comment

थप १७९ जनामा कोरोना संक्रमण पुष्टि

२० चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ५६५ जनाको नमुना परीक्षण गर्दा कुल १७९ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७७ हजार ६४० जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७२ हजार ९६२ जना संक्रमणमुक्त भएका छन् भने कुल ३०३१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment