Comments Add Comment

र्‍याडिसन होटेलद्वारा विद्यार्थीलाई होटेल व्यवसायसम्बन्धी जानकारी

२२ चैत, काठमाडौं । र्‍याडिसन होटेलले खोटाङस्थित जलपामा रहेको ज्योती सेकेन्डरी स्कुलका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई शैक्षिक भ्रमण गराएको छ । होटेलले समाजिक उत्तरदायीत्व अन्तर्गत ज्योती स्कुलका विद्यार्थीलाई स्थलगत भ्रमण गराएको हो ।

होटेलले स्कुलका ४० जना विद्यार्थीलाई आफ्नै होटेलमा ल्याई होटेल व्यावसाय र यस क्षेत्रको विषयमा जानकारी गराएको छ । होटेलले करिब ३ घण्टा होटेल र होटेल भित्रका विभिन्न पक्षहरुका साथै खाना सम्बन्धी जानकारी गराएको जनाएको छ ।

बिहीबार बिहान ११ बजेबाट करिब २ बजेसम्म चलेको सो कार्यक्रममा विद्यार्थीलाई चार जनाको टिममा बाँडफाँड गरेर होटेल कस्तो हुन्छ, रेष्टुरेन्ट, स्विमिङ, फिटनेस सेन्टर ,चेक इन, चेक आउट गर्दाको प्रक्रिया लगायतका विषयहरुको जानकारी दिइएको थियो ।

कार्यक्रममा विद्यार्थीलाई आफ्नो खाना आफै बनाउन समेत लगाइएको थियो । टिम अनुसार होटेलका सेफहरुले फिस एन्ड चिप्स, पनिर काथी रोल, भेजिटेवल वर्गर, चिकेन वर्गर जस्ता परिकार पकाउने प्रशिक्षण समेत दिएको होटेलले जनाएको छ ।

कार्यक्रममा पूर्वमिस नेपाल अनुष्का श्रेष्ठले आफ्नो व्यवसाय, आय आर्जन र आफ्नो मिस नेपालको करिअर बारेमा जानकारी गराएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment