Comments Add Comment

धिरजको आधा दर्जन फिल्म पाइपलाइनमा

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक धिरज मगरको माग ह्वात्तै बढेको छ । धिरजलाई लिएर चलचित्र बनाउनका लागि निर्माताहरु हानथाप गरिरहेका छन् । पहिलो चलचित्रबाट निकै राम्रो क्रेज बनाएका धिरजले दोश्रो चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन गरिरहेका छन् ।

यो चलचित्रको छायांकन सकेसँगै धिरज सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको चलचित्र ‘बाबरी क्याफे’मा जोडिनेछन् । यो चलचित्रमा धिरजले नायिका अदिती वुढाथोकीसँग काम गर्नेछन् ।

धिरजको यसपछि केही प्रोजेक्टहरु पाइपलाइनमा रहेको वुझिएको छ । उनी, निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्न लागेको एक चलचित्रमा पनि अनुवन्धित भैसकेका छन् । यो चलचित्रको छायांकन ‘बाबरी क्याफे’ भन्दा अगाडि नै हुने चर्चा थियो । तर, अहिले यसको छायांकन पोष्टपोन्ड भएको छ ।

धिरजसँग निर्देशक दिनेश राउतको नयाँ प्रोजेक्टका लागि पनि कुरा भैरहेको वुझिएको छ । दिनेश चलचित्र ‘प्रकाश’को छायांकनका लागि यतिबेला जुम्लामा छन् ।

यसरीहेर्दा, नायक धिरज मगरको पाइपलाइनमा आधा दर्जन चलचित्र छन् । पहिलो चलचित्र रिलिज भएको २ बर्ष बढी भैसक्दा पनि उनको नयाँ चलचित्र रिलिज भएको छैन । तर, उनलाई लिएर चलचित्र बनाउन चाहनेहरुको संख्या पनि बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment