Comments Add Comment

पद खोसिएका टंक आङ्बुहाङ पुन: मन्त्रीमा नियुक्त

२७ चैत, मोरङ । प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले सांसद् पद खोसिएका टङ्क आङ्बुहाङलाई पुन: मन्त्रीमा नियुक्त गरेका छन् ।

माओवादी केन्द्र परित्याग गर्दै एमाले प्रवेश गरेका टङ्क आङ्बुहाङ दुई साताअघि प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका थिए । बिहीबार सांसद् पद खारेज भएपछि पुन: मन्त्रीमा नियुक्त भएका हुन् ।

दोस्रो नियुक्तिपछिको सपथग्रहण शुक्रबार नै गरिने भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शुक्रबार नै पद तथा गोपनियताको सपथग्रहण गराउने मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

नेकपा माओवादी केन्द्र त्यागेर प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका टङ्क आङ्बुहाङको सांसद् पद खोसिएको थियो ।

सांसद् नभएका व्यक्तिलाई ६ महिनाका लागि मन्त्री बनाउन सक्ने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment