Comments Add Comment

सुदूरपश्चिमका जिल्लामा नेपाल समूहले बनायो छुट्टै संरचना

२९ चैत, डोटी । नेकपा एमालेको माधव नेपाल समूहले सुदूरपश्चिमका नौवटै जिल्लामा छुट्टै पार्टी संरचना बनाएको छ । चैत २३ र २४ गते बसेको सुदूरपश्चिम प्रदेश कमिटीको विस्तारित बैठकले जिल्लामा पार्टीको नेतृत्व चयन गरेको आइतबार पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

कञ्चनपुर जिल्ला अध्यक्षमा तारा लामा तामाङ, उपाध्यक्षमा जीवनराज थापा, सचिवमा रणबहादुर महरा र उपसचिवमा रवीन्द्र कुँवर रहेका छन् । बाजुरामा अध्यक्ष गगनबहादुर रावल, सचिव पुरबहादुर रावत, उपसचिव निरबहादुर शाही तोकिएका छन् । बैतडीमा अध्यक्ष महादेव भट्ट, उपाध्यक्ष कृष्ण साउद, सचिव हर्कबहादुर धानुक र उपसचिव गौरीदत्त भट्ट तोकिएका छन् ।

डोटीको अध्यक्षमा चक्रवहादुर मल्ल, उपाध्यक्षमा दुर्गादत्त ओझा र उपसचिवमा मञ्जु मलासीलाई जिम्मेवारी दिइएको छ । अछाममा शेरबहादुर कुँवरलाई अध्यक्ष र नन्दबहादुर कडायतलाई सचिवको जिम्मेवारी दिइएको छ ।

कैलालीको अध्यक्षमा दीर्घबहादुर सोडारीलाई जिम्मेवारी तोकिएको छ । डडेल्धुरा अध्यक्षमा डा. तारा जोशी, उपाध्यक्षमा वीरेन्द्र बस्नेत, सचिवमा धनबहादुर साउद र उपसचिवमा शकुन्तला नगरकोटीलाई चयन गरिएको छ ।

बझाङ जिल्ला अध्यक्षमा दिलबहादुर सिंह, उपाध्यक्षमा ईन्द्रबहादुर भण्डारी, सचिवमा दमनबहादुर भण्डारी र उपसचिवमा धनबहादुर बोहरा चयन भएका छन् । दार्चुला जिल्ला नेतृत्वको बिषयमा जिल्ला कमिटीका सदस्यहरुले छलफल गरि टुङ्गो लगाउने जिम्मा दिईएको प्रदेश कमिटी सदस्य दिनेश सुवेदीले जानकारी दिए ।

बाजुराको उपाध्यक्ष, डोटीको सचिव, अछामका सचिव र उपसचिव र कैलालीका अन्य पदाधिकारी सम्वन्धित जिल्ला कमिटीले छान्ने गरि जिम्मा दिइएको समेत सुवेदीले वताए ।

को-को थिए बैठकमा सहभागी

२३ र २४ गते बसेको प्रदेश कमिटीको बैठकमा २०७५ जेठ ३ गते अघिसम्म कायम रहेका जिल्ला कमिटीका पदाधिकारीहरुमध्ये अधिकांशको सहभागिता रहेको प्रदेश कमिटी सदस्य हर्कबहादुर सिंहले बताए ।

पहिलेका जिल्ला कमिटीहरुमध्ये डोटीबाट अध्यक्ष चक्रबहादुर मल्ल, उपाध्यक्ष दुर्गादत्त ओझा र उपसचिव मञ्जु मलासीको सहभागिता रहेको छ । कैलालीबाट अध्यक्ष दीर्घ सोराडी, कञ्चनपुरबाट उपाध्यक्ष जीवन थापा र उपसचिव रणबहादुर महरा बैडकमा सहभागी थिए ।

डडेल्धुराबाट अध्यक्ष डा. तारा जोशी, उपाध्यक्ष वीरेन्द्र बस्नेत, सचिव धनवहादुर साउद र उपसचिव सकुन्तला नगरकोटी सहभागी थिए । दार्चुला सचिव ज्ञानेन्द्र घर्ति पनि भेलामा सहभागी थिए ।

बझाङबाट अध्यक्ष दिलबहादुर सिंह, उपाध्यक्ष ईन्द्र भण्डारी, सचिव दमन भण्डारी र उपसचिव धनवहादुर बोहराको सहभागी थिए । बाजुराका उपसचिव गगनबहादुर रावल, अछामबाट अध्यक्ष शेरबहादुर कुँवर, उपाध्यक्ष नन्दवहादुर कडायत र उपसचिव मीना साउद सहभागी थिए ।

ओली समूहको अर्कै नेतृत्व

नेकपा (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहले यसअघिनै जिल्ला नेतृत्व तोकेको थियो । यो समूहले पार्टीको अधिवेशनबाट आएको ६ जिल्लाको नेतृत्व फेरेको थियो ।

एमाले प्रदेश कमिटिले जिल्ला अध्यक्षलाई ‘अर्को व्यवस्था नभएसम्मका लागि’ भन्दै जिल्लाका अध्यक्ष र सचिवको नाम उल्लेख गरेर जिम्मेवारी दिएको पत्र पठाएको थियो । कञ्चनपुरमा वीरबहादुर थापा (पाताल) लाई अध्यक्ष बनाइएको छ । पाताल माओवादी केन्द्रबाट एमालेमा आएका हुन् ।

कैलालीमा रतन थापालाई अध्यक्ष बनाइएको छ । थापा पूर्वमन्त्रीसमेत रहेका सोडारी अध्यक्ष हुँदा उपाध्यक्ष थिए । डडेल्धुरामा प्रकाश साउदलाई जिम्मेवारी दिइएको छ । जिल्ला अधिवेशनमा साउद जोशीसंगै अध्यक्ष पदमा हारेका थिए ।

डोटीमा चक्र मल्ललाई हटाएर रामबहादुर ऐरलाई जिम्मेवारी दिइएको छ । ऐर अधिवेशनबाट जिल्ला सचिवमा निर्वाचित भएका थिए । अछाममा शेरबहादुर कुँवरलाई हटाएर चन्द्र बोहरालाई बनाइएको छ । यस्तै बझाङमा दिलबहादुर सिंहलाई हटाएर अफिलाल ओखेडालाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।

ओली निकट बैतडीका अध्यक्ष सुरेन्द्र पाल, दार्चुलाका अध्यक्ष रामदत्त जोशी र बाजुराका अध्यक्ष कालीबहादुर शाहीलाई भने अध्यक्षमा निरन्तरता दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment