Comments Add Comment

भारतबाट फर्किएका सुर्खेतका कोरोना संक्रमित युवकको भेरी अस्पतालमा मृत्यु

३ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट सुर्खेतका एक युवकको बाँकेको भेरी अस्पतालमा मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार सुर्खेतको गुर्भाकोट नगरपालिका-१३ का ३१ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार बिहान ७:३५ बजे मृत्यु भएको हो । ओलीका अनुसार उनी एक हप्ता अघि मात्रै भारतबाट घर आएका थिए ।

स्वासप्रश्वासमा समस्या देखिएपछि चैत ३१ गते उनी नेपालगञ्ज मेडिकल कलेजमा उपचारका लागि पुगेका थिए । सोही दिन पीसीआर परीक्षण गर्दा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएसँगै भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका उनको उपचारको क्रममा मृत्यु भएको फोकल पर्सन ओलीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment