Comments Add Comment

स्विट्जरल्याण्डमा किन गाडिँदैछ माटोमुनि २ हजार अण्डरवेयर ?

युरोपेली मुलुक स्विट्जरल्याण्ड विज्ञान प्रविधिको क्षेत्रमा अग्रणी मुलुक नै हो । तर त्यहाँ माटोको गुणस्तर परीक्षण गर्नका लागि एउटा यस्तो विधि अपनाइँदैछ, जुन निकै पुरातन तथा अनौठो लाग्न सक्दछ ।

माटोको गुणस्तर जाँचका लागि विशेषज्ञहरुले प्रयोगशालामा नमूना ल्याएर वा सम्बन्धित ठाउँमै पुगेरसमेत परीक्षण गर्ने गर्दछन् । तर स्विट्जरल्याण्डमा चाहिँ माटोको गुणस्तर तथा स्वास्थ्य जाँचका लागि २ हजारवटा अण्डरवेयरलाई माटोमा गाडिँदैछ।

समाचारअनुसार स्विट्जरल्याण्डमा किसान तथा बागवानीका मालिकहरु माटोको गुणवत्ता परीक्षणसँग सम्बन्धित एक अनुसन्धानका लागि करिब २ हजार सेतो रंगका अण्डरवेयर माटोमुनि गाड्न लागेका हुन् ।

वैज्ञानिकहरुको अनुरोधमा किसानहरुले यस्तो गर्न लागेका हुन् । स्वीस अनुसन्धान संस्था एग्रोस्कोपको तर्फबाट उक्त अनुसन्धान गर्न लागिएको हो । एग्रोस्कोपले नै किसानलाई माटोमा गाड्नका लागि अण्डरवेयर उपलब्ध गराएको हो ।

निर्धारित समयपछि एग्रोस्कोपले ती अण्डरवेयरलाई माटोबाट निकालेर तस्वीर खिच्नेछ र परीक्षण गर्नेछ । ती अण्डरवेयरको परीक्षणपछि तत्-तत् ठाउँको माटो कृषि उत्पादनका लागि कत्तिको लायक छ र उत्पादकत्व कति छ ? भन्ने आँकडा निकालिनेछ ।

उक्त अनुसन्धानका क्रममा वैज्ञानिकहरुले लामो समयसम्म माटोमुनि रहँदा अण्डरवेयरमा कति धेरै असर पर्दछ भन्ने हेर्नेछन् । कपडामा ब्याक्टेरिया तथा अन्य जिवाणुहरुको आक्रमण कति भयो र त्यसले कपडामा कति नोक्सन पुग्यो ? भन्ने कुराको जाँच गरिनेछ ।

यदि अण्डरवेयरमा जिवाणुहरुको तीव्र आक्रमण भयो र कपडा धेरै नष्ट भएको रहेछ भने थाहा हुनेछ कि त्यो ठाउँको माटो उब्जनीका लागि लायक रहेछ । जुन माटोमा गाड्दा अण्डरवेयरमा नोक्सानी कम हुन्छ त्यो माटोमा खेतीबालीका लागि चाहिने लाभदायक जिवाणुलगायतका तत्वहरु कम हुने हुनाले कृषि उत्पादनका लागि लायक हुँदैन भन्ने निष्कर्ष वैज्ञानिकहरुको रहेको छ ।

एग्रोस्कोपका अनुसार उक्त प्रयोगमा सहभागी हुने किसान तथा बागवानीका मालिकहरुलाई जमिनमा गाड्नका लागि टि ब्याग पनि दिइनेछ । ता कि माटोमुनि गाडिएका अण्डरवेयर र टिब्याग बाहिर निकालेर तुलना गर्न सकियोस् । करिब एक महिनासम्म अण्डरवेयर र टिब्यागलाई माटोमा गाडिने र त्यसपछि बाहिर निकालेर डिजिटल माध्यमबाट परीक्षण गरिने बताइएको छ ।

एजेन्सीको हसहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment