Comments Add Comment

टी-२० अन्तर्राष्ट्रियमा दीपेन्द्रको पहिलो विकेट

६ वैशाख, काठमाडौँ । दीपेन्द्र सिंह ऐरीले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट लिएका छन् ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा अहिले भएरहेको त्रिकोणात्मक सिरिज अन्तर्गत मलेसिया विरुद्धको खेलमा दीपेन्द्रले टी२० को पहिलो विकेट लिए ।
उनले २७ रन बनाएका मलेसियाका सायद अजिजलाई आसिफ शेखबाट क्याचआउट गराए ।

सन् २०१८ मा टी२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका दीपेन्द्रले २३औं खेलमा आएर पहिलो विकेट लिएका हुन् । उनले ओडिआईमा २ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment