Comments Add Comment

अध्यक्ष ओलीले मनोनित गरेका केन्द्रीय सदस्य रापस बन्ने

६ वैशाख, काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने निर्णयपछि प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा मनोनित गरेका नेताहरु राष्ट्रिय परिषद् सदस्य (रापस) बन्ने भएका छन् ।

सोमबार बालुवाटारमा बसेको नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठकले केन्द्रीय सदस्य मनोनित भएका १०५६ जनालाई राष्ट्रिय परिषद् सदस्यको हैसियत दिने निर्णय गरेको हो ।

नेकपा एमालेमा केन्द्रीय कमिटी भन्दामुनिको पार्टी संरचनामा राष्ट्रिय परिषद् रहन्छ । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित हुँदा अध्यक्ष ओलीले १५०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment