Comments Add Comment

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

६ वैशाख, काठमाडौं । कोरोना संक्रमणका कारण वीरगञ्जमा थप एकजनाको मृत्यु भएको छ । भारतबाट केही दिन अगाडि नेपाल फर्किएका वीरगञ्ज महानगरपालिका–१४ बहुवरीका ५७ वर्षीय पुरुषको वीरगञ्जको नारायणी बयोधा अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो पौने एक बजे मृत्यु भएको हो ।

भारतबाट फर्किएलगत्तै बिरामी भएका उनलाई उपचारका लागि चैत २९ गते अस्पताल भर्ना गरिएको थियो भने सोही दिन पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवका अनुसार मृतक पुरुष श्वाप्रश्वासमा समस्या, उच्च ज्वरो र कडा निमोनियाबाट ग्रस्त थिए ।

पछिल्लो एक साताभित्र पर्सामा चार पुरुष र एक महिला संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको जिल्ला प्रशासन कार्यालय पसाृले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment