Comments Add Comment

एभरेष्ट बैंकको १०३ औं शाखा दमौलीमा

१० वैशाख, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले तनहुँको दमौलीमा १०३ औं शाखा विस्तार गरेको छ ।

व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपान र एभरेष्ट बैंकका गण्डकी प्रदेश प्रमुख राजु गौलीले संयुक्त रुपमा दमौली शाखाको उद्घाटन गरेका हुन् ।

सोही समारोहमा बैंकले कन्ट्याक्टलेस पेमेन्टलाई प्रबद्र्घन गर्दै आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गराउने आश्वासनका साथ क्यूआरकोड पनि हस्तान्तरण गरेको छ ।

उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ तनहुँका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, व्यास नगरपालिका–२ का वडाध्यक्ष काशीराम श्रेष्ठ, एभरेष्ट बैंकका बजार बिभाग प्रमुख पुष्पराज उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment