Comments Add Comment

मूल्य सूची नराख्ने मासु पसललाई ५० हजार रुपैयाँ जरिबाना

१३ वैशाख, काठमाडौं । वाणिज्य विभागले बालाजुमा रहेको एक मासु पसललाई ५० हजार रुपैयाँ जरिबाना गरेको छ । पसलबाट मासु बिक्री गर्दा खरिद बिक्री मूल्य नराखेको आरोपमा बालाजु चिकेन हाउसलाई ५० हजार रुपैयाँ जरिबाना गरिएको विभागका निर्देशक एवं प्रवक्ता शिव सेढाईंले जानकारी दिए ।

कुखुराको. मासुको मूल्य बढेको बारेमा परेको गुनासो सम्बोधन गर्न गरिएको बजार अनुगमन क्रममा उक्त मासु पसलाई जरिबाना गरिएको उनको भनाइ छ । ‘अनुगमनका क्रमा पसलले गैर व्यवसायिक क्रियाकलाप गरेको देखिन आएकाले उपभोक्ता संरक्षण ऐनको दफा (२०)२ अनुसार कारबाही गरिएको हो,’ प्रवक्ता सेढाईंले भने ।

मासुको मूल्य बढेकोबारे विभागममा परेको गुनासोहरु सम्बोधन गर्न विभागले अनुगमनलाई तीब्र बनाएको पनि उनको भनाइ छ । बजारमा तरकारी तथा मासुको मूल्य अवस्थाबारे अध्ययन गर्न मुख्य नाकाहरुमै मासु तथा तरकारीको मूल्यअनुगमन सुरु गरिएको पनि उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment