Comments Add Comment

नेपाल विज्ञापन संघको सदस्यमा हरिशरण सुवेदी चयन

१४ वैशाख, काठमाडौं । नेपाल विज्ञापन संघको कार्यसमिति सदस्यमा हरिशरण सुवेदी चयन भएका छन् ।

संघको वैशाख ३ गते बसेको ४८९ औं बैठकले सुवेदीलाई सर्वसम्मत रूपमा कार्यसमिति सदस्यमा चयन गरेको हो ।

सदस्यमा चयन भएपछि उनले विज्ञापन बजारमा भएको बेथेतिलाई समाधान गरी संस्थागत सुसासन र विकासमा योगदान पुर्‍याउने बताए ।

सुवेदी झन्डै दुई दशक देखि नेपाली विज्ञापन जगतमा वस्तु उत्पादन सेवा ब्रान्डिङ मिडिया हाउसमा क्रियाशिल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment