Comments Add Comment

सुपुष्पाले प्रेमी रौनकसँग गरिन् इन्गेजमेन्ट

नायिका सुपुष्पा भट्टले  प्रेमी रौनक विक्रम कँडेलसँग इन्गेजमेन्ट गरेकी छिन् । उनीहरुले एक पारिवारिक समारोहका विच इन्गेजमेन्ट गरेका हुन् । उनीहरुले आज इन्गेजमेन्ट गरेको वुझिएको छ । उसो त, उनीहरुले वैशाख १७ गते इन्गेजमेन्ट गर्ने तयारी गरेका थिए । तर, काठमाण्डौमा भोलीबाट निषेधाज्ञ घोषणा भएसँगै उनीहरुले २ दिन अगाडि नै इन्गेजमेन्ट गरेका हुन् ।

सुपुष्पा र रौनक विगत ६ महिनादेखि प्रेम सम्बन्धमा थिए । केही दिन अगाडि अनलाइनखबरले सुपुष्पा र रौनकको प्रेमको खबर सार्वजनिक गरेको थियो । अनलाइनखबरले सुपुष्पा र रौनकको इन्गेजमेन्ट हुन लागेको खबर सार्वजनिक गरेपछि यसमा प्रतिक्रिया दिदै सुपुष्पाले प्रेममा रहेपनि इन्गेजमेन्ट भने गर्न नलागेको प्रतिक्रिया दिएकी थिइन् । तर, यो जोडीले आफ्नो छोटो प्रेमलाई बैबाहिक जीवनमा परिणत गर्ने तयारी गरेको छ ।

नयिका सुपुष्पा भट्टले चलचित्र ‘रणवीर’बाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेकी थिइन् । यसपछि उनले ‘छ माया छपक्कै र चपली हाइट ३’मा काम गरेकी छिन् । यस्तै, रौनकले ‘कबड्डी’ जस्तो सफल चलचित्र निर्माण गरेका छन् । उनीहरुको बिहे मिति भने तय भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment